सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।
खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका-३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो ।
सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खुर्कोट प्रहरीले प्रत्येक सवारीसाधनमा झोला खोलेर कडाइका साथ जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको जनाएको छ ।
निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
