काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म चलेको संवाद निष्कर्षविहीन भएपछि नेपाली कांग्रेस तीव्र संकटतर्फ धकेलिएको छ ।
विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच सहमति नजुटेपछि बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निष्कासनको तयारी गरिएको स्रोतले जनाएको छ । नेतृत्व परिवर्तनको अडानबाट देउवा पछि नहटेपछि विवाद चरमोत्कर्षमा पुगेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको गृहकार्यमा सक्रिय भएपछि संस्थापन पक्ष आक्रामक बनेको छ ।
सोही क्रममा बुधबार ११ बजे महामन्त्री थापामाथि अनुशासनको कारबाही घोषणा गर्ने तयारी गरिएको बताइएको छ । कांग्रेसभित्रको शक्ति संघर्षले पार्टी विभाजनको खतरा बढाएको छ ।
Facebook Comments Box
