जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्याल भोलिबाट सुरु हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आज मंगलबार धनुषाको जनकपुरधाम आइपुगेका छन्।
जनकपुर विमानस्थलमा गृहमन्त्री अर्याललाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईँटेल, सहायक प्रजिअ उमेश प्रसाद दाहाल, प्रदेशका प्रहरी प्रहरी प्रमुख तथा सशस्त्र प्रमुख प्रमुख, प्रदेश अन्तर्गतका राष्ट्रिय अनुसन्धान प्रमुख, जिल्ला प्रंहरी प्रमुख तथा गृह मन्त्रालय अन्तर्गतका कमर्चारीहरुले स्वागत गरेका थिए।
हरेक वर्ष नियमित तालिकामा हुँदै आएको प्रदेश सुरक्षा गोष्ठी यस वर्षको अन्तिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी मधेश प्रदेशमा गएर पुस३० गते सम्प्पन्न हुँदैछ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गतेबाट सुरु भएको सुरक्षा गोष्ठी पुष ३० गते मधेश प्रदेशमा आयोजना गरेर यस वर्षको प्रदेशस्तरीय सुरक्षा गोष्ठी औपचारिक रुपमा समापन हुनेछ। संघीय सरकार अन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त योजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ।
यस वर्षको सुरक्षा गोष्ठी आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई केन्द्र राखेर समग्र प्रदेश र जिल्लाहरुको सुरक्षा अवस्था र आन्तरिक तयारी र अपनाइनु पर्ने सुरक्षा रणनीतिबारे विस्तृत रुपमा छलफल भएको छ।
