काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले सोमबार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम २०८१ पुस १२ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार डीएसपी पदमा कार्यरत १६ जनालाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ।
प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न महाशाखा, ब्यूरो, प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा विशेष इकाइमा कार्यरत डीएसपीहरू बढुवाको सूचीमा परेका छन्।
एसपीमा बढुवा सिफारिस भएका डीएसपीहरूको नामावलीः
पुष्पराज मल्ल
धर्मराज भण्डारी
रविन श्रेष्ठ
दिलीप कुमार गिरी
कुमार विक्रम थापा
बुद्ध श्रेष्ठ
मान बहादुर राई
मोहन बहादुर खाण
श्यामु अर्याल
भरत लामा
सागर बोहरा
राम कुमार दानी
छेदिलाल कामती
हरि बहादुर ओली
प्रतीप कुमार सिंह
दीपक भारती
प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिसप्रति कुनै उजुरी वा गुनासो भए तोकिएको समयभित्र कानुनबमोजिम पेश गर्न सकिने जनाएको छ। उजुरीको म्याद सकिएपछि बढुवा प्रक्रिया अन्तिम रूप लिने बताइएको छ।
![नेपाल प्रहरीमा १६ जना एसपीमा बढुवा सिफारिस [सुचिसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/08/dsp-sp-1024x532.jpg)