गोरखा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको अरुणखोला उप–शाखाले गोरखाको गण्डकी गाउँपालिका–४ स्थित श्री कालिका प्राथमिक विद्यालयका गरिब तथा जेहनदार ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
कम्पनीले उक्त विद्यालयको ४८ औं बार्सिक उत्सव तथा अभिभावक दिवसको समारोहमा विद्यार्थीहरुलाई ४५ थान विद्यालय झोला र २७० थान कपी वितरण गरेको हो। सहयोग सामग्री वितरण कार्यक्रम अरुणखोला उप–शाखाका प्रमुख दीपक पन्तको उपस्थितिमा सम्पन्न भएको थियो।
शाखा प्रमुख पन्त स्वयं विद्यालयमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। सहयोग वितरण कार्यक्रममा बोल्दै शाखा प्रमुख दीपक पन्तले शिक्षा क्षेत्रको प्रवर्द्धन र बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा नेपाल लाइफ इन्स्योरेन्स सधैं प्रतिबद्ध रहेको बताए।
साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने जनप्रतिनिधि, विद्यालय परिवार तथा यस पुण्य कार्यका लागि सहयोग गर्ने नेपाल लाइफ इन्स्योरेन्सको प्रधान कार्यालयका सम्पूर्ण पदाधिकारीप्रति विद्यालयका प्राध्यापक हुम प्रसाद ढकालले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विमक नेपाल लाइफका पदाधिकारी, अभिकर्ताहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, साथै शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
