काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले माघ ५ गते राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यले उनले पद छाड्न लागेका हुन् ।
बालेनको सचिवालयका एक सदस्यका अनुसार राजीनामा दिने निर्णय लगभग निश्चित भइसकेको छ । ‘उहाँले माघ ५ गते नै राजीनामा दिनुहुन्छ,’ ती सदस्यले बताए ।
राजीनामापछि बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धाका विषयमा प्रारम्भिक छलफलसमेत भइरहेको जनाइएको छ ।
Facebook Comments Box
