काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार १० जना प्रहरी उपरीक्षक (एसपी)लाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेसँगै संगठनभित्र नयाँ तरंग सिर्जना भएको छ। यो बढुवा केवल पदोन्नति सूचीमा सीमित रहेन- यसले प्रहरी संरचनाको तल्लो तहसम्म चेन–इफेक्ट पैदा गरेको छ।
एसएसपी बढुवा सिफारिसपछि अब ११ वटा एसपी पद रिक्त हुने निश्चित भएको छ। यी पदहरू पूर्ति गर्न २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)बीच कडा प्रतिस्पर्धा सुरु भइसकेको छ। प्रहरीभित्र यो बढुवालाई करिअरकै दिशा बदल्ने निर्णायक चरण का रूपमा हेरिएको छ।
प्रहरी मानव स्रोत विभागका अनुसार बरियताक्रम, कार्यक्षमता, फिल्ड कमाण्ड अनुभव, नेतृत्व क्षमता, व्यावसायिक छवि र कार्यसम्पादन मूल्याङ्कन मुख्य आधार बनाइने भनिए पनि, पछिल्ला बढुवा अभ्यासहरूले सिनियारिटीभन्दा पहुँच भारी पर्ने जोखिम अझै टरिनसकेको संगठनभित्रकै अधिकारीहरू स्वीकार्छन्।
को–को छन् प्रतिस्पर्धामा ? (बरियता क्रमअनुसार)
पुष्पराज मल्ल
मानबहादुर राई
रामकुमार दानी
रबिन श्रेष्ठ
कुमारविक्रम थापा
हरिबहादुर ओली
मोहनबहादुर खड्का
श्याम अर्याल
छेदीलाल कामती
ध्रुवकुमार श्रेष्ठ
धर्मराज भण्डारी
बुद्ध श्रेष्ठ
सागर बोहरा
भरत लामा
प्रदीपकुमार सिंह
प्रकाश सापकोटा
दिलीपकुमार गिरी
दीपक भारती
प्रकाश बिड
महेन्द्रकुमार मिश्र
जितेन्द्रकुमार बस्नेत
