काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् ।
बुधबार बुद्धिजीविहरूसँगको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले केही नेताहरूले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरूलाई सभापति बन्ने चाहना नरहेको बताए ।
उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्नसक्ने बताए । उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरूरी रहेको बताए । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरूको एकमात्र चाहना रहेको जिकिर गरे ।
महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउ भन्ने मात्रै आफूहरूको चाहना रहेको बताए। संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरू अघि बढ्न चाहेको उनकाे भनाइ छ ।
