काठमाडौं । नेपाल प्रहरीमा कार्यरत १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पद संख्या १० (दश) का लागि बढुवा सिफारिस गरिएको हो। बढुवा समिति बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सिफारिस सूची प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ।
सिफारिस सूची अनुसार बढुवाका लागि सिफारिस हुने प्रहरी उपरीक्षकहरूमा रामप्रसाद थापा, भुवनेश्वर तिवारी, कृष्ण राम केडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिंह चौधरी, नुरुल पोडेँल, विलिप घिमिरे, पदमबहादुर बिष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन्।
सिफारिसमा परेका अधिकृतहरू हाल नेपाल प्रहरीका विभिन्न महत्वपूर्ण इकाइहरूमा कार्यरत रहेका छन्। उनीहरू विशेष सुरक्षा गण महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्युरो, प्रधान कार्यालयका विभिन्न शाखा, विमानस्थल सुरक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका जिम्मेवारीमा रहेका छन्।
बढुवा सिफारिस उपर कुनै गुनासो वा उजुरी भए तोकिएको समयभित्र सम्बन्धित निकायमा पेश गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।
उक्त सिफारिस सूची बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीद्वारा प्रमाणित गरिएको हो।
