काठमाडौं । प्रहरी वर्दीको चरम दुरुपयोग गर्दै नेपाल प्रहरीका एक हवल्दारले दाङमा आतंक मच्चाएका छन् ।
दाङको गढवास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार मालिकराम यादवले वर्दीको आडमा स्थानीयहरुलाई आतंकित पार्ने काम गरिरहेका हुन् ।
उनी विगत तीन वर्षदेखि त्यहाँ कार्यरत रहेका छन् ।
नाम मालिक भएजस्तै उनी मालिक झै गरी त्यहाँ हैकम मच्चाइरहेका हुन् ।
सामान्य उजुरीदेखि नदीजन्य निकासीसम्म, लाइन मिलाउने ठेक्का उनै मालिकरामले मात्रै गर्दै आइरहेका छन् । मुद्धा चल्ने घटनाहरुमा समेत गुपचुपमा मुद्धालाई ढिसमिस बानाउने काम उनले गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
उनै मालिकरामको कारण जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख आए पनि उनी अड्चन झेल्न बाध्य पर्ने गरेको कुरा प्रहरी मुख्यालयमा चर्चा चल्ने गरेको छ ।
हवल्दार यादवले आफूलाई शक्ति केन्द्रको पात्र बताउँदै, प्रशासनिक प्रक्रियामा दबाब दिने तथा आफूखुसी हैकम जमाउने शैली अपनाएको स्थानीयहरुले आरोप लगाएका छन् ।
उनको दरबन्दी बाँके रहेता पनि दाङमा अड्डा जमाएर बसेका हवल्दार यादवकाका कारण तीन वर्षदेखि स्थानीयहरु हैरानी खेपिरहेका छन् ।
उनी शक्ति केन्द्रको धाक दिदै गढवाका स्थानीयहरूलाई तर्साउने काम गरिरहेका छन् ।
उनी आफूलाई एसपी, डिआईजी को मान्छे हुँ भन्दै स्थानीयलाई धम्काएर सास्ती दिँदै आएका छन्।
उनको हुकुमी प्रवृत्तिका कारण आजित भएका स्थानीयहरुले जस्तो सुकै जेन्जी सरकार रहेतापनि पुरानै राजनीतिक संरक्षणको छायाँ अझै कायम रहेको भान भैरहेको बताउन थालेका छन् ।
वर्दीको धाक दिदै स्थानीयहरुलाई सास्ती दिने यि हवल्दारलाई छानबिनमा तानेर कारबाही गर्नुपर्ने माग स्थानीयहरुले गर्न थालेका छन् ।
उनीहरुले हवल्दार यावलाई कारबाही नगरेसम्म आफूले चयनको स्वास फेर्न नपाउने भएकोले हदैसम्मको कारबाही गर्नुपर्ने वा त्यहाँबाट अन्तै सार्नुपर्ने आवाज उठाउन थालेका छन् ।
