मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया अंशु गौतमको मुख्य हत्या आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।
जबरजस्ती करणी उद्योग गरी ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पूर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्ने आदेशपछि अधिकारी जिल्ला कारागार मोरङ चलान भएको जिल्ला अदालत मोरङले जनाएको छ ।
असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो ।
Facebook Comments Box
