टोकियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग जापानको दोस्रो अधिवेशन आयोजना हुँदैछ। आगामी डिसेम्बर ७ तारिख आइतबार टोकियोको सिन्जुकुमा हुन लागेको हो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल सहभागी हुने भएका छन्।
अधिवेशनमा अर्यालले मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रवास नेपाली सम्पर्क विभागका उपप्रमुख अर्जुन अधिकारी विशेष वक्ताका रूपमा उपस्थित हुने जनाइएको छ।
कार्यक्रम बिहान १० बजेबाट औपचारिक रूपमा सुरु हुनेछ। अधिवेशनमा जापानभरका विभिन्न शहरबाट नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा समर्थकहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।
