चितवन । सिन्धुलीबाट सौराहा घुम्न आएकी एक युवतीको होटलको छतबाट खसेर ज्यान गएको छ ।
रत्नननगर नगरपालिका-६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालका अनुसार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको हो ।
बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनको उपचारको क्रममा बकुलहर अस्पतालमा ज्यान गएको खनालले जानकारी दिए ।
Facebook Comments Box
