काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने, ‘नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ ।’
कांग्रेस महाधिवेशन आगामी पुस २६-२८ गते हुँदैछ।
Facebook Comments Box
