काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा नेपाल प्रहरीका ३३ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा छलफल हुने बताइएको छ ।
एक सातापछि हालका आईजीपी चन्द्रकुबेर खापुङले अवकाश पाउने भएकाले नयाँ आईजीपी नियुक्ति गर्न लागिएको हो ।
‘कुनै विवाद भएन भने आज नै आईजीपी नियुक्तिको निर्णय हुनसक्छ,’ स्रोत भन्छ, ‘नत्र सोमबारको मन्त्रिपरिषद्बाट प्रहरीको नयाँ नेतृत्व तय हुनेछ ।’
३३औं आईजीपीको दाबेदारमध्ये दानबहादुर कार्की पहिलो नम्बरमा छन् । प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरीमा वरियता मिच्ने पक्षमा छैनन्। यहि कारण पनि कार्कीलाई आईजीपी बन्न सहज देखिन्छ ।
यस्तै राजन अधिकारी, मनोज केसी र सिद्धीविक्रम साह पनि आईजीपीको दाबेदार हुन् । यद्यपी कार्कीभन्दा वरियतामा पछि रहेकाहरु उनीहरु आईजीपी नियुक्तिमा चलखेल गरिरहेका छन् ।
