नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेलाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी काफ्लेलाई केन्द्रीय प्रवक्ता तोकिएको हो।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।
डीआईजी काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
Facebook Comments Box
