काठमाडौं । सरकारले ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्।
एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारिस भएका थिए।
बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ।
यसअनुसार भुपेन्द्र खत्री सीआईबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन्।
Facebook Comments Box
