काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कलियुगका जेलका भित्ते कृष्णजी भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बस्नेतले लामिछानेको अडान र गतिविधिलाई “नाटककै नाटक” भन्दै व्यंग्य गरेका हुन् ।उनले लामिछानेमाथि सहकारी ठगी, टेलिभिजन सञ्चालनमार्फत ब्ल्याकमेलिङ, अदालतको आदेशप्रति दोहोरो व्यवहार देखाएको आरोप लगाए ।
“अरु जेल जाँदा अदालतलाई गाली गर्ने, तर आफैं मन्त्री हुँदा अदालतको फैसला भन्दै पन्छिने, यही दोहोरो चरित्र हो,” बस्नेतले लेखेका छन्।बस्नेतले लामिछानेले विभिन्न सहकारीहरूबाट करोडौं ठगी गरी त्यसकै लगानीमा सञ्चार माध्यम खोलेर जनतामा भ्रम फैलाएको आरोपसमेत लगाए।
साथै, उनले जेलभित्र सुविधा छैन भनेर नाटक गर्ने, हस्ताक्षर संकलन गरेर अदालतलाई प्रभावित गर्न खोज्ने, जेल सरुवालाई पनि राजनीतिकरण गर्ने जस्ता आरोप पेस गरे ।
“दुई नागरिकता, दुई पासपोर्ट, पत्रकार आत्महत्या, सहकारी ठगी, टिभी खोल्ने, मन्त्री हुँदा गरेको काम— सबैमा ‘मलाई थाहा छैन’ भन्ने शैलीमै लामिछाने लागेका छन्,” बस्नेतले व्यंग्य गर्दै भनेका छन्, “अब जनतालाई झुक्याउने र स्टनबाजी गर्ने नाटक बन्द गर, कलियुगका जेलका भित्ते कृष्णजी।”
