आजभोलि नेपालको हरेक प्रशासन क्षेत्रमा तपाईं कुनै काम विशेषले आफ्नो काममा जाँदै हुनुहुन्छ भने आफ्नो कामका लागि त्यस कार्यालयमा तपाईंले कोहि चिनजानको व्यक्ति भए पनि उसले यो/त्यो भनेर बाधाअड्चन खडा गर्छ ।
तर्दथ कुनै विचौलियामार्फत नोटमा झोक हान्नु भो नि, त्यो काम सम्पन्न भए पश्चात् त्यो फाइल तपाईंको घरको दैलोमै पुग्छ । त्यसैले यसरी बुझ्न पर्यो हिजोआज यस्तै छ यहाँको चलन ।
नेपाल प्रहरीको काम-कर्तव्य नागरिकको जिउधन र शान्ति सुरक्षा अमनचयन राख्ने हो । तर, गर्विलो इतिहास बोकेको नेपाल प्रहरी नागरिकको जिउधनको सुरक्षामा सदैव तटष्थ रहने संगठन भएपनि संगठनका केही सदस्यहरू नागरिकको जिउभन्दा धनप्रति बढी चासो राख्ने गरेका छन् ।
हुनपनि किन नहुनु संगठनभित्र बढुवामा प्रतिस्पर्धा, दरबन्दी वा पोष्टिङको लागि कडा प्रतिस्पर्धा छ । अनि त्यहाँ लगानी बिना के हुन्छ ? जसकारण संगठनमा यस्ता कार्यले बिकराल रूप लिएकोमा दुई मत रहन्न ।
कुनै समय आफू एक/डेढबर्ष अघि रहेको र आफु संगठन प्रमुख हुने निर्धक्क रहँदा तत्कालिन समयमा पदको फुलि बजारमा मोलतोल जसरी लिलाम भो । जतिबेला दुई तीनजना अधिकृत गाडीमा नोटसहित दौडमा चलायमान भए, जसले गर्दा नोटकै पल्लाभारी भो । अनि के सिनियर, के जुनियर ?
अझै पनि प्रहरी संगठनका खम्बा मानिएका कर्तव्यप्रति सालिन अधिकृत ओझेलमा परेका दर्दनाक कथा कति छन् कति ? ‘सायद जागिर खाँदा जुन उद्देश्य, उमंग र जोसजागरका साथ संगठनको सदस्य बनियो । त्यो अहिले रहेन रहेछ,’ एक बरिष्ठ इमान्दार अधिकृत आफैं प्रश्न गर्छन् ।
यस्तो कारकलाई चिर्ने जिम्मा कस्को प्रश्न यो जटिल छ ?
अबको २२/२१ दिनपछि संगठनले नयाँ नेतृत्व पाउनेछ । त्यसका लागि हालका ५ एआईजीहरू प्रतिस्पर्धामा छन् । चन्द्रकुवेर खापुङ, दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम साह प्रतिस्पर्धामा छन् ।
हरेकपटक संगठन प्रमुख चयन प्रतिस्पर्धीमा निकै होडबाजी देखिन्छ । म संगठन प्रमुख रहे यस्तो गर्छु, उस्तो गर्छु, संगठनभित्र अन्यायमा रहेका अधिकृत जवानहरूलाई न्याय दिन्छु भन्ने चर्को अभिव्यक्ति वाणी सुनाउँछन् ।
अनि त्यो कुर्सीमा पुगेपछि…
उपन्यास पत्र जस्तो ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भने जस्तोका पात्र संगठन प्रमुख रहेको इतिहास साक्षी छ ।
अहिले पनि ब्याचमा अघि रहेका कारण आफ्नो पल्लाभरि हुनेमा केही एआईजी विश्वस्त छन् । तर, संगठन प्रमुख चयनलाई नजिकबाट नियाल्ने हो भने जसको गोजी बलियो उनै प्रमुख बलिया दाबेदारी देखिन्छन् ।
अझै पनि प्रहरी संगठनका खम्बा मानिएका कर्तव्यप्रति सालिन अधिकृत ओझेलमा परेका दर्दनाक कथा कति छन् कति ? 'सायद जागिर खाँदा जुन उद्देश्य, उमंग र जोसजागरका साथ संगठनको सदस्य बनियो । त्यो अहिले रहेन रहेछ,' एक बरिष्ठ इमान्दार अधिकृत आफैं प्रश्न गर्छन् ।
कुनै समय आफू एक/डेढबर्ष अघि रहेको र आफु संगठन प्रमुख हुने निर्धक्क रहँदा तत्कालिन समयमा पदको फुलि बजारमा मोलतोल जसरी लिलाम भो । जतिबेला दुई तीनजना अधिकृत गाडीमा नोटसहित दौडमा चलायमान भए, जसले गर्दा नोटकै पल्लाभारी भो । अनि के सिनियर, के जुनियर ?
आफू निर्धक्क बसेका अधिकृत त्यसपछि ‘हेरेको हेर्यै’ भएको हविगतको इतिहास पनि साक्षीको रुपमा छ ।
त्यसैले प्रश्न उठ्छ, राष्ट्रसेवक किन व्यक्तिसेवक भए ?
व्यक्तित्व होडबाजी गर्ने क्रममा संगठनका सदस्य चाकडी र कमाउमा लिप्त हुन पुगिरहेका छन् । नेपाल प्रहरीको मालदार जिल्ला पोष्टिङ पाउनका लागि दाम लगाएर जाने, अनि लगानी सावाँ ब्याजसहित असुल गर्ने व्यवसायीक अधिकृत धेरै न सफल छन् ।
त्यस्तै एउटा लेखापाल राम्रो कमाउ हुने पोष्टिङ हुनलाई मनग्ये रकम हेडक्वार्टरमा बुझाएका उदाहरण पनि छ । एउटा लेखापालको लागि यो हबिगत छ भने जिल्ला इन्चार्ज, वृत, इप्रका जस्ता मालद्दार पोष्टका लागि सहजै अनुमान गर्न सकिन्छ । आजभोलि संगठनका अधिकृत जो लगानी गरि उपयुक्त पोष्टमा छन्, सावाँसहित ब्याजको असुली प्रकरण छताछुल्ल छ ।
यसैकारण भावी नेतृत्वमा यसै भन्न सकिन्न, हरेक पटक संगठन प्रमुख चयनमा ‘चिनेको भन्दा किनेको काम लाग्ने’ प्रष्ट देखिन्छ ।
