काठमाडौं । वीरेन्द्र थापा नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् । बुधबार राति प्रहरी प्रधान कार्यालयले डिएसपी थापालाई एसपी बढुवाका लागि एकल सिफारिस गरेको हो ।
यसअघिको बढुवामा पटक-पटक छुटेका डिएसपी थापा अहिले भने एकल सिफारिस भएका हुन् । पछिल्लो पटक यही साउनका पहिलो साता डिएसपीबाट एसपी बढुवा सिफारिस हुँदा आफूभन्दा दुई वर्ष जुनियर बढुवमा पर्दा पनि थापा छुटेका थिए ।
साउनको पहिलो साता बढुवा सिफारिस भएकाहरुले बुधबार मात्रै दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए । सोही राति थापाको एकल बढुवा गरिएको हो ।
उनी २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनका सबै ब्याचीहरु यसअघि नै एसपी बनिसक्दा आफ्नो ब्याचका एकल डिएसपी थिए थापा । जबकि उनीभन्दा दुई वर्ष जुनियरहरु समेत एसपी भइसकेका छन् ।
