काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट बुधबार राति दुई एसएसपीको सरुवा गरिएको सूचना प्रहरी प्रधान कार्यालयले निकालेको छ ।
सार्वजनिक सूचनाअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत कृष्णबहादुर पल्ली मगरलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा पठाइएको छ ।
अर्का एसएसपी संजय सिंह थापालाई बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौडाबाट प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा सरुवा गरिएको छ ।
Facebook Comments Box
