काठमाडौं । हालै पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी) हरुलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृह मन्त्रालय, मन्त्रीस्तरको यही वैशाख १७ गतेको निर्णयअनुसार ११ जना एसपीबाट एसएसपीमा र गृह मन्त्रालय, सचिवस्तरको वैशाख सोहीदिनको निर्णयअनुसार ११ डिएसपी एसपीमा र सचिवस्तरकै निर्णयअनुसार १३ प्रहरी निरीक्षक डिएसपीमा पदोन्नति भएका थिए ।
पदोन्नती भएका सबै प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवम् सङ्गठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिएका थिए ।
बढुवासँगै प्रहरी अधिकृतहरु थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न आग्रह गर्दै आइजीपी ज्ञवालीले राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैँ उदाहरणका रुपमा प्रस्तुत भई दृढता र बफादारिता प्रदर्शन गरी उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्नसमेत निर्देशन दिएका छन् ।
को को बढुवा भएका थिए ?
एसएसपी बढुवा हुनेहरुमा तुल बहादुर कार्की, राकेश सिंह, राजीव बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, दीपक पाेखरेल, ज्ञानेन्द्रप्रसाद फुयाल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल छन् ।
यस्तै डिएसपीबाट एसपीमा बढुवा हुनेहरुमा अनिल खड्का, महेश थापा, दीपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन्।
त्यस्तै इन्स्पेक्टरबाट डिएसपी बढुवा हुनेहरुमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् ।
