वीरगन्ज ।पर्सा प्रहरीले ८ किलो ४४०प्रतिबन्धित लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ।पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोलाबाट प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९, एकटंगाका ३४ वर्षीय जगमोहन यादव रहेका छन्।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले भारततर्फ गइरहेको बीआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजासहित यादवलाई पक्राउ गरेको हो।गाँजा मोटरसाइकलको सिटमुनी र शरीरमा बाँधिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।हाल पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले चेकजाँच अभियानलाई अझ कडा बनाउने तयारी गरेको बताइएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
