काठमाडौं । नेपाल प्रहरी ऐन २०१२ संशोधन भएको छ । ७७ वटा कानून एकैपटक संशोधन गरिएकोमा प्रहरी ऐन पनि त्यसमा परेको हो ।
बुधबार राजपत्रमा प्रकाशित भएको प्रहरी ऐनअनुसार दुई वटा बुँदामा हेरफेर गरिएको छ ।
पहिलो दफा १५ को उपदफा १(ट) संशोधन गरिएको छ । जून प्रहरी कर्तव्यसँग सम्बन्धित विषय छ ।
जसमा संशोधन गरी राखिएको छ,‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादिन व्यवहार गर्ने ।’
यसअघि सो बुँदामा ‘सर्वसाधरण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नी मानिस र केटाकेटीसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो ।
स्वास्नी मानिस भन्ने शब्दमा कतिपयले आपत्ति जनाएपछि यो बुँदा संशोधन गरिएको हो ।
त्यस्तै, दफा ३६ को उपदफा १९ख०मा रहेको बिशेष अदालतसम्बन्धि प्रावधानमा यसअघि क्षेत्रीय प्रहरी बिशेष अदालत रहेकोमा त्यसलाई संशोधन गरी प्रदेश प्रहरी बिशेष अदालत कायम गरिएको छ ।
प्रहरी नायब निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्म कारबाहीका लागि प्रदेश प्रहरी बिशेष अदालतबाट निर्णय हुनेछ ।
