वीरगन्ज १५ बिहीबार
सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा भन्सार छलि गरि भित्राएको लत्ताकपडा सहित पिकप पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले झौवानाकाबाट अवैध कपडा सहित पिकप नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल गुल्म अलौको प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरि भित्राएको करिब१९लाख४२ हजार३सय बराबरको लत्ताकपडा सहित पिकप पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले बताउनुभयो।
उक्त पक्राउ परेको लत्ताकपडा सहित पिकपलाई भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक पुजाराले बताए।
Facebook Comments Box
