चितवन । चितवनको सुरक्षामा प्रहरी महानिरीक्षक (आईजिपी) दिपक थापाले विशेष चोसो राखेका छन् । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीसँगको जम्काभेटमा यस्तो चासो व्यक्त गरेका हुन् ।
चितवनमा आज र भोली हुने विभिन्न कार्यक्रममा सरिक बन्न आएका आईजीपी थापा मेयर रेग्मीबिच भरतपुर विमानस्थलमा विशेष जम्काभेट भएको थियो ।
‘कालिका सुरक्षा दृष्टिकोणले पनि रेड जोनमा छ,’ आईजीपी थापाले भने, अब छिटै कालिका नगरपालिकामा इन्पेक्टरको दरबन्दी कायम हुन्छ ।’
मेयरसाबसहित यहाँका धेरै स्थानियले समेत मलाई जानकारी गराउनुभएको छ भन्दै उनले केहि दिनमा त्यहा उचित प्रबन्ध मिलाई इन्पेक्टर पठाउन चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई निर्देशन दिए ।
कालिका मात्र नभई आफू पूर्वजिल्ला प्रमुख भएको हिसाबले समेत यहाँ जनसंख्याको अनुपातमा दरबन्दी थप गर्ने उनले प्रतिवद्वता जनाए ।
आम कालिकावासीको सुरक्षाका विशेषमा विशेष चासो दिएकोमा मेयर रेग्मीले खुसी समेत व्यक्त गरे । चितवन प्रहरीको तथ्याङ्कलाई हेर्दा समेत धेरै जसो अपराधिक क्रियाकलाप कालिकामा हुने गरेको भेटिएको छ ।
