काठमाडौं । गृह मन्त्रालयले २ प्रमुख जिल्ला अधिकारीसहित चार सहसचिवको सरुवा गरेको छ ।
सरुवा सूची अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा. टोकराज पाण्डेलाई त्यहाँ पठाइएको छ ।
त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई त्यहाँ पठाइएको छ ।
Facebook Comments Box
