टोकियो । गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन् ।
आइतबार भएको मतदानमा लामिछानेले प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई हराएर जित हात पारेका हुन् ।
लामिछानेले ७ हजार १५२ भोट ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धि श्रेष्ठले ५ हजार १९३ भोट ल्याएका हुन् ।
जापानको एनआरएनए चुनावमा १२ हजार ३४५ जनाले मत खसालेका थिए ।
लामो समयदेखि जापानमा बस्दै ब्यवसाय गर्दै आइरहेका उनले यस पटक चुनावमा जित हासिल गरेका हुन् ।
अहिले विभिन्न देशहरूमा एनआरएनएको नयाँ नेतृत्व चयन भइरहेको छ ।
Facebook Comments Box
