काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बिहान करिब १ः३० बजे ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीया श्रीमती रविना ठाडामाथि चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।
हत्यापछि फरार हुने अधिकांश घटनाहरूको विपरीत, ठाडाले आफैंले प्रहरीलाई फोन गरेर आफूलाई नियन्त्रणमा लिन आग्रह गरेका थिए ।
प्रहरीका अनुसार उनले पहिलो फोन वडाध्यक्षलाई गरेका थिए र त्यसपछि करेखोला प्रहरी पोष्टका हवल्दारसँग सम्पर्क गरेर हत्या गरेको स्वीकार गरेका थिए ।
उनको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले बिहान करिब २ः३० बजेतिर ठाडालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनास्थलको अनुसन्धान सुरु गरेको छ ।
घटनाको यकिन कारण अझै खुलिसकेको छैन । शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा पठाइएको छ ।
