काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम ३७ मिलिग्राम खैरोहिरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका पासवानलाई प्रहरीले नवराजपुर गाउँपालिका-४ कुसण्डीमा रोक्न खोजेको थियो ।
तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डिआइजी चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
