काठमाडौं । यतिबेला जापानको गर्मीसँगै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) जापानको चुनावी सरगर्मी पनि उत्तिकै बढेको छ । जुलाई २७ तारिक आइतबार हुने चुनावको लागी मिति तय भइसकेको छ ।
विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला क्षेत्रीय सह-कोषाध्यक्ष पदमा रमेश गिरीले आफ्नो नाम दर्ता गराएका छन् ।
जापानको एक प्रतिष्ठित आइटी कम्पनीमा कार्यरत गिरीले एनआरएनएलाई अब डिजिटलसँग जोड्न योगदान दिन सक्ने मुख्य एजेण्डासहित आफूले नाम दर्ता गराएको बताउँछन् ।
साथै गिरीले एनआरएनएको सिमित स्रोत,साधनबीच परिणाममुखी कार्यसम्पादनको प्रयोग अपरिहार्य रहेको र त्यसमा आफ्नो दक्षतालाई प्रयोग गरी संस्थाको आर्थिक कारोबार र महत्वपुर्ण अभिलेखहरू दस्तावेज गरि भण्डार गर्ने कामको लागी पनि आफू तयार रहेको बताए ।
एनआरएनए चिवा क्षेत्रिय समितिसहित एनआएनए जापानको केन्द्रमा पनि डिजिटल प्रणाली निमार्ण गर्न सक्रिय रहेका गिरीले संस्थाको क्षेत्रिय सह कोषाध्यक्ष पदमा बसेर अझ सक्रिय भइ काम गर्ने इच्छा रहेको बताए ।
क्षेत्रिय सह-कोषाध्यक्षमा ३ नम्बरमा उम्मेदवारी नाम रहेकाले जापानवासी नेपालीलाई भोट गरेर सहयोग गर्न अनुरोधसमेत गरेका छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको १२ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न पदमा अनलाइन भोटिङमार्फत नयाँ कार्यसमिति चयन गरिँदैछ ।
