काठमाडौं । १६ वर्षीया किशोरीको अवैधानिक रूपमा गर्भपतन गराएको अभियोगमा महोत्तरीको बर्दिबासस्थित एक निजी क्लिनिकका सञ्चालक चिकित्सक पक्राउ परेका छन् ।
सर्लाही बलरा नगरपालिका–१ का स्थायी बासिन्दा तथा बर्दिबासको डीएन्बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय डा. प्रविण मिश्रलाई बिहीबार पक्राउ गरिएको हो ।
उनलाई साउन ५ गते महोत्तरीको जलेश्वरस्थित जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति पत्रका आधारमा पक्राउ गरिएको डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
उनीमाथि जबर्जस्ती करणीसहित गर्भपतनसम्बन्धी गम्भीर आरोप लागेको छ । प्रहरीका अनुसार मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भ अनधिकृत रूपमा पतन गराएका थिए । सो क्रममा अत्याधिक रक्तस्राव भएपछि ती किशोरी अचेत भएकी थिइन् ।
पीडित किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा जबर्जस्ती करणीसम्बन्धी किटानीसहितको जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा डा. मिश्रले कानुनी प्रक्रिया मिच्दै किशोरीको गर्भपतन गराएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।
पीडित नाबालिग छन् । विवाह नभएको र कुनै कानुनी स्वीकृति नलिइकन गर्भपतन गरिएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
ऋयmmभलत ८
