काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् ।
‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । मेरो कमजोरी उदार हुनु हो । मैलै बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन । अहिले केहि केहि साथीले सिँगौरी खेलेका छन् । मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु । योभन्दा बढी के हो जनवाद ?’, उनले प्रश्न गरे ।
शर्माले मङ्गलवार सोही मञ्चबाट कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए । यस्तै उनले पार्टी नेतृत्वमा ३६ वर्ष के गरिस् भनेर प्रश्न उठाएकोमा पनि असन्तुष्ट पोखेका छन् । ३६ वर्ष नेतृत्वमा रहेर काम गर्दा एकथरीलाई छटपटी भएको उनले आरोप लगाए ।
‘मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । म यसो सोध्छु । राति सुत्नेबेला सोच्छु । अब नेतृत्व छोडी दिउँ कि क्या हो रु फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ’, प्रचण्डले भने– ‘३६ वर्ष के गर्यो भन्नेलाई मेरो जवाफ छ– माओवादी धारलाई २०४८ मा एकताबद्ध गर्यो ।
२०५२ सालमा विद्रोह गर्यो । २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्यो । शान्ति र विद्रोहको नेतृत्व गर्ने सबै नेताले गर्न सक्छन् ? वामपन्थी सबै एक हौँ भनेकै हो । कसका कारण एकता भएन सबैलाई थाहा छ ।’,
