काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले नैतिकताको प्रश्न उठाउँदै उनले यस्तो माग गरेका हुन् । उनले यसबारे तत्काल कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।
उनले भनेका छन्, ‘अलिकति मात्र नैतिकता बाँकी छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर छानबिन गर्नुपर्छ।’
उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालयमाथि नै प्रश्न उठेको बताए ।
Facebook Comments Box
