काठमाडौं । नेपाल प्रहरीको जनपथतर्फ ११ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसमा पहिलो नम्बरमा एसपी तुल बहादुर कार्की भएका छन् । त्यसपछि क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सातौ नम्बरमा राकेश सिंह, राजिब बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट र ज्ञानेन्द्र फुयाल बढुवा भएका छन् ।
नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक दिपक थापा सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक दान कार्की सदस्य सचिव रहेको सिफारिस समिति थियो ।

![एसएसपी बढुवा निस्कियो, यी ११ एसपी भए सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/01/ssp-logo-1024x532.jpg)