काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, विशेष सुरक्षा गण ढल्केवर, मधेश प्रदेश प्रहरी गण जनकपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थितमा भर्चुअल माध्यमद्वारा निर्देशन दिएका छन् ।
आइतबार निर्देशनको क्रममा विशेष गरी वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आफ्नो मातहत समतेका ईकाईहरुका काम कारबाहीहरुको अवस्थाको सुपरिवेक्षण, प्रहरी आचरण तथा अनुशासन र शान्ति सुरक्षालाई चुस्त दुरुस्त रुपमा कायम उनले निर्देशन दिए ।
डिआईजी चतुर्वेदीले चोरी, निकासी पैठारी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने बताए । सीमा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने उनले बताए ।
सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गलाई प्राथमिकतामा राखेर नागरिक सुनुवाइ तथा गुनासो सम्बोधनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने उनले बताए ।
