काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
जसमध्ये एक वर्ष कार्यकाल पूरा गरेका केही जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन् । जिल्ला फेरिएकाहरूमा भोजपुर, सल्यान, अछाम र बझाङ छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ ।
यस्तै कास्की बैदाममा नमराज भट्टराईको काज सरुवा भएको छ । काज सरुवाबारे प्रहरी कर्मचारी प्रशासनले सम्बन्धित प्रहरी अधिकारीलाई मात्रै जानकारी गराएको छ ।
Facebook Comments Box
