काठमाडौं । गृह मन्त्रालयले ४ जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलबार गृह प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ ।
त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृह मन्त्रालयमा तानिएको छ ।
कोइरालामाथि विमानस्थलबाट हुने मानव तस्करी रोक्न नसकेको आरोप लाग्दै आएको छ । कोइरालाले दुई महिना पनि काम गर्न पाएनन्। उनलाई गत जेठ ६ गते पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट अध्यागमन कार्यालयमा सरुवा गरिएको थियो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ ।
गृह मन्त्रालयले कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
