काठमाडौं । प्रहरीले बाराको निजगढबाट १ करोड ३२ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा निजगढ नगरपालिका-१ सिंगौलका ४३ वर्षीय भरत चौलागाईं रहेका छन् ।
चौलागाईंलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो ।
आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।
Facebook Comments Box
