मोरङ । कोशी प्रदेशस्थित मोरङ जिल्ला हुँदै भारततर्फ गोरु तस्करी हुँदा सम्बन्धित निकाय रमिते बनेको छ ।
पूर्वी जिल्ला मोरङ-झापा भनेर चिनिने गर्दछ । यी दुई जिल्लामा भारतसँग जोडिएका खुल्ला सीमा नाका रहेका छन् । यही खुल्ला सीमा नाकाको फाइदा उठाउँदै तस्करले गोरु तस्करी गरिरहेको हो ।
विगतमा बेला-बेलामा पूर्वी जिल्ला मोरङ र झापाबाट तस्करी मात्र नभएर तस्करीसँग कुटाकुट त कहिले समयमा लाइन नपाएर झडप हुने गरेको विषय समेत चर्चामा आउने गरेको थियो ।
तर, पूर्वी जिल्ला भनेर चिनिने मोरङमा भने गोरु तस्करी भइरहँदा पनि सम्बन्धित निकाय रमिते बनेको पाइएको हो । गोरु तस्करी पूर्वी नाका हुँदै भारत पुग्ने गरेको छ ।
गोरुहरू कोशी प्रदेशस्थित उदयपुरको गाईघाट, बेल्टार, धरानस्थित बाङ्गे हुँदै बेलबारी ल्याउने गरेको स्रोतको दाबी छ । बेलबारीमा स्टक गरेर राखेको गोरुहरु पिकअपमा राखी भारततिर लैजाने गरिन्छ ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
https://www.facebook.com/share/v/12LnpkhYpj7
यसरी तस्करी गर्ने मुख्य नाइके पर्वत शाह, सेरु चुरौटे हुन् । यी दुई नाइके भने गोरु तस्करी गर्न अब्बल सावित भएको देखिन्छन् । तस्करीको गोरुहरु उनीहरुले दिनदहाडै महेन्द्र राजमार्गको बाटोबाट भारत लैजाने गर्छन् ।
यसरी खुलेआम गाडीमा तस्करीको गोरुहरु हुइकिरहँदा नेपाल प्रहरी देखेपनि नदेखे जस्तो गरी रमिता हेर्न बाहेक अरु केही गरेको देखिदैन् । नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘खुलेआम रुपमा गोरु तस्करी हुँदा पनि प्रहरी रमिते बनेर बसेको छ ।’
त्यतिमात्र नभएर एक गोरु तस्करले नाम नछाप्ने सर्तमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग लाइन मिलाएर गोरुहरु भारत कटाउने गरेको बताए । यसरी पूर्वी जिल्लाहरुमा नेपाल प्रहरी र सीमा सुरक्षा सशस्त्र प्रहरी बल रमिता हेर्न बाहेक केही उपलब्धि गरेको देखिँदैन् ।
ती गोरुहरु बेलबारी, पथरी, उर्लाबारी, दुर्गापुरी, आमबारी, चौकीघाट हुँदै पूर्वपश्चिम गरी सिजुवा पुर्याउने गरेको स्रोतको दाबी छ । सिजुवा पुर्याएपछि त्यहाँ पनि गोरुहरु स्टक राखिन्छ ।
र, रातको ३ बजेबाट ५ बजेसम्म भारत कटाउने गरेको पाइएको छ । गोरु तस्करीका मुख्य नाइके शाह र चुरौटेलाई सम्बन्धित निकायले संरक्षण गरी राखिरहेको स्रोतको दाबी छ ।
झापाबाट विवेक गाहा
![पूर्वी मोरङ हुँदै भारततर्फ गोरु तस्करी, सम्बन्धित निकाय मौन [भिडिओ]](https://scoopkhabar.com/wp-content/uploads/2025/07/goru-taskart-1024x532.jpg)