महोत्तरी । महोत्तरीको गौशाला बजारका व्यापारीहरूबाट अवैध रूपमा मासिक रकम असुली गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी इन्सपेक्टर उत्तम सिंह भण्डारीसहित तीन जना प्रहरीलाई कारवाहीका लागि जनकपुरधाम तानिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयको निर्देशनमा निरीक्षक भण्डारीसँगै प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई समेत नेपाल प्रहरीको जनकपुरधामस्थित गणमा बोलाइएको हो ।
उनीहरूमाथि चेक अनादर सम्बन्धी मुद्दाका आरोपितहरूसँग आर्थिक लाभ लिएको, बिचौलियामार्फत प्रहरी परिसरमै नियमित रकम संकलन गरेको लगायतका गम्भीर आरोप लागेको छ ।
Facebook Comments Box
