दाङ । दाङकोएक सहकारीलाई भाडामा दिइएको जग्गा बिक्री गरिएको खुलेको छ । जग्गा बिक्री गरिएको भन्दै पीडितले पत्रकार सम्मेलन गरेर घटनाबारे सत्यतथ्य समेत सार्वजनिक गरेकी छिन् ।
मुलजिता बुढाकाे घोराही-७ सौडियारस्थित १० कठ्ठा ८ धुर जग्गा टीका बुढा रञ्जितले सहकारीका लागि भनेर १० वर्षका लागि जग्गा भाडाकाे सम्झौता गरेका थिए ।
तर, उनले जालसाजी गरि सम्झौता गरेको केही दिनमै बिक्री गरेको पत्रकार सम्मेलनमार्फत उनले आरोप लगाएका छन् । रन्जित माओवादी नेता कृष्णबहादुर महराको छोरीज्वाइँ हुन् ।
घोराही-७ को वडा कार्यालय, मालपोत कार्यालय, वकिललगायतको मिलेमतोमा नै आफ्नो भाडामा दिइएको जग्गा बिक्री गरिएको बुढाले पत्रकार सम्मेलनमा बताइन् ।
सहकारीको लागि सम्झौता गर्ने भनेर जिल्ला मालपोत कार्यालय दाङ लगेर झुक्याएर रन्जितले मुलजितालाई राजिनामा पास गर्न लगाएका थिए । अनपढ ति महिलालाई ललाईफकाई गरेर उनको जग्गा बिक्री गरेको खुलेको हो ।
उक्त जग्गा रन्जित हुँदै घोराही रामपुरका लक्ष्मण शर्मा र पर्शुराम दिनेश श्रेष्ठले किनेका थिए । पर्शुरामले पनि उक्त जग्गा आधाजसो बिक्री गरिसकेका छन् ।
पीडित बुढा वडा कार्यालयमा आफ्नो जग्गाको तिरो तिर्न गएको बेला जग्गा बिक्री भएको थाहा पाएको र वडा कार्यालयमा आफु नगएको र वडा अध्यक्षले जग्गा किनबेचको सिफारिस दिएको गुनासो गरेकी छिन् ।
घोराही ७ का वडाध्यक्ष खोपिराम चौधरी एमालेबाट निर्वाचित हुन् ।
