काठमाडौं । पहिरोले अवरुद्ध पृथ्वी राजमार्गस्थित नागढुङ्गा सडकखण्ड संचालनमा आएको छ । अवरुद्ध सडक १२:३० बजे दिउँसोदेखि दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ११:१५ बजेको समयमा चन्द्रागिरी नगरपालिका-२ भुतघरस्थित मुल सडकखण्डको बाटोमा सुख्खा पहिरो गई बाटो एकतर्फी बन्द भएको थियो ।
लगत्तै प्रहरी प्रभाग नागढुङगाका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) हिक्मत बहादुर थापाको कमाण्डमा ७ जनाको टोली गइ बाटोमा खसेको ढुङ्गा र माटो हटाइ सडक संचालनमा ल्याएको हो ।
Facebook Comments Box
