काठमाडौं । नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
गएको जेठमा मन्त्रिपरिषद् बैठकले सहायक रथीको पहिलो चार वर्षे पदावधि पूरा गरेका खत्रीको पदावधि थप गर्ने निर्णय गरेको हो। नेपाली सेनाको सिफारिसमा खत्रीको ७ महिना ८ दिन म्याद थप भएको थियो।
तर म्याद थप गरिएको एक महिनामै उनी उपरथीमा बढुवा भएका हुन्। उनको जेठ १६ गतेबाट लागू हुने गरी पुस २४ गतेसम्म सहायक रथीको पदावधि थप गरिएको थियो।
खत्री यसअघि युद्ध कार्य निर्देशनालयको निर्देशकका रुपमा कार्यरत थिए।
उनी २०७८ जेठ १७ गते उनी सहायक रथीमा बढुवा भएका थिए। बढुवापछि संगठन निर्देशनालयमा पदस्थापन भएका खत्रीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा पनि काम गरिसकेका छन्।
