काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्यक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गरेकी थिइन् । डा. महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि हुने भएकोले पुनः राजनीतिमा सक्रिय हुने कुरा राम्रो नभएको बताए ।
कांग्रेसले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने उनको भनाइ छ ।
Facebook Comments Box
