वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले चोरी तस्करी गरी ल्याएको चकलेटसहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल गुल्म अलौले भन्सार छलि गरि भित्राएको चकलेटसहित मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिन्दवासी ४ अमरपर्टीको सिमानाकाबाट भन्सार छलि गरि ल्याएको चकलेटसहित मोटरसाइकल बरामद गरेको हो ।
पक्राउ परेका चकलेट र मोटरसाइकल भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी बल अलौ गुल्मका डिएसपी पुजाराले बताए । उक्त सामानको अन्दाजी मूल्य करिब २ लाख रुपैयाँ रहेको थियो ।
Facebook Comments Box
