काठमाडौ । सिन्धुलीमा सादा पोशाकका घुमुवा प्रहरी प्रकाश साउदले आर्थिक आतंक नै मच्चाएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणको लागि सादा पोशाक (क्राइम) मा खटाएको प्रहरी जवान साउदले आर्थिक ताण्डव मच्चाएका हुन्।
साउद विगत केही बर्षदेखि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको मातहत रहेको प्रहरी चौकी गढी र प्रहरी चौकी ढुँग्रेबास समेत घुमुवाको रुपमा बसि व्यापारी, होटलदेखि स्थानियलाई डरत्रास देखाई लाखौं रुपैया असुली गरि मालामाल बन्न सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदी आएको एक हप्ता नबित्दै पावर र पहुँचको आडमा साउद फेरी घुमुवा भई बजार एरियामा आर्थिक आतंकले असुलीको चपेट्टले व्यापारीहरु पिडित बनेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताए।
घुमुवा प्रहरी जवान साउदको भुमिका शान्ति सुरक्षा भन्दा बढि आर्थिक कारोबारमा बढी संलग्नता देखिएको छ।
मधेस प्रदेशसँग जोडिएका नाका बिपि राजमार्ग सिन्धुली हुँदै काठमाडौंसम्मको व्यापारीहरु घुमुवा प्रहरीको असुली चपेटमा परेका छन्।
त्यसैगरी धनुषा जिल्लाको किरानाको काम गर्ने सिकिन्द्र साहसँग एक लाख बीस हजार र महेन्द्रनगरको शंकर साहसँग ८० हजार र बिरेन्द्र साहसँग ५० हजार, सिन्धुली घर भएका किराना काम गर्ने सुजित साहसँग ५० हजार र सर्लाहीको मलखाद चिनी काम गर्ने रितेशसँग एक लाख २० हजार र यहाँका होटेल व्यवसायीहरु र कपडा पसल कवाडीहरु समेतलाई डरत्रास देखाई लाखौं रुपैयाँ असुली गरि आर्थिक आतंक नै मच्चाएको नाम नछाप्रने सर्तमा ती व्यापारीले बताए।
यस्ता गतिविधितर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ।
