काठमाडौं । टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
रमाका बुबा बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाईपछि उनलाई पक्राउ गर्नुको कारण देखाउ आदेश जारी गरेको छ ।
रमाका बाबुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साईबर व्यूरो लगायतलाई प्रतिवादी बनाएर निवेदन दर्ता गरेका हुन् ।
उक्त निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
केही दिनअघि नेपाल प्रहरीको साइबर व्यूरोले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो ।
बस्नतेले प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उनको पाटीलाई लक्षित गर्दै टिकटकमा गाली गरेकी थिइन् । उक्त भिडियो अहिले पनि टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल छ ।
