काठमाडौं । प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्दव सिंह भाटलाई २०८२ सालको जेठ महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट कार्य सम्पादन गरेबापत प्रशंसा पत्र प्रदान गरिएको छ।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै भाटले देखाएको समर्पण, अनुशासन र कार्यक्षमताको उच्च कदर गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले यो सम्मान प्रदान गरेको हो।
उनको प्रभावकारी कार्यशैलीले कानुनी कार्यान्वयनमा उल्लेखनीय सफलता दिलाएको भन्दै सर्वोत्कृष्ट अधिकृतका रूपमा छनोट गरिएको परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए।
Facebook Comments Box
