काठमाडौं । मकवानपुरमा देवरले भाउजूको वीभत्स हत्या गरेका छन् ।
बिहीबार दिउँसो सवा २ बजेतिर थाहा नगरपालिका-१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्का अनुसार देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेका हुन् ।
‘खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा टाउको र घाँटी छुट्टिएको अवस्थामा तुलमायाको शव भेटिएको हो ,’ एसपी खड्काले भने, ‘घटनापछि देवर फरार भएका थिए ।’
तर, प्रहरीले थाहा नगरपालिका-३ स्थित थानाबजारबाट फरार आरोपी जीवन गोपालीलाई साढे ३ बजे खुकुरीसहित नियन्त्रणमा लिएको छ ।
उनीमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
